नवल नेतृत्व, चलचित्र निर्माता संघको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

nawalईन्द्र जिजीबिषा- मंसिर ८ काठमाडौ, चलचित्र निर्माता संघ नेपालको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघले राजधानीको बागबजारस्थित होटेल हार्दिकमा पत्रकार भेटघाट कार्यक्रम राखेको थियो ।

राजकुमार राई नेतृत्वको चलचित्र निर्माता संघले चलचित्र निर्माता संघलाई नविकरण नगरेको र नेपाल चलचित्र निर्माता संघको भवन निर्माण कोषको २३ लाख ८३ हजार रुपैयाँ र सदस्यता वापतको करिब ८ लाख रुपैयाँ हिनामीना गरेको भन्दै नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ गठन गरिएको थियो ।

कार्यक्रममा बोल्दै, निर्माता संघका अध्यक्ष नवल खड्काले भने,राजकुमार राई र म बिचमा व्याक्तिगत कुनै दुश्मनी छैन । कुनै राजनीति पार्टीले अभिप्रेरित गरेको कारणले चलचित्र निर्माता संघ फुटाईएको पनि हैन । निर्माता संघ न राजकुमार राईको मात्र हो, न नवल खड्काको मात्र हो ? सम्पुर्ण चलचित्र निर्माताहरुको साझा संस्थालाई नविकरण नगरी धरायसी बनाईएकोले नयाँ चलचित्र निर्माता संघ गठन गर्नु परेको हो । कुनै पदको लागी नयाँ चलचित्र निर्माता संघ गठन गरिएको हैन । यदी राजकुमार राईको नेतृत्व नेपाल चलचित्र संघले नविकरण र भवन निर्माण कोषको रकमलाई सदुपयोग गरिएको खण्डमा आज पनि हामी उहाँहरु संग हामी सहकार्य गर्न तयार छौ । तर उहाँहरुले हाम्रो कुरालाई वेवास्ता गरी मनोमानी ढंगले अगाडी बढ्न खोज्दा आजको यो स्थिती आएको हो । बग्ने पानीलाई खाल्डोमा कतिन्जेल थुनेर राख्न सकिन्छ र ? खाल्डो भरिएपछि पानीले पर्खाल भत्काएर बग्छ नै, त्यहि भएको हो आज ।

चलचित्र विकास वोर्डलाई ध्वस्त, तहस-नहस बनाईयो । एकपटक चलचित्र निर्माता संघ तातिएको थियो । तर बलेको आगोलाई झिल्का पनि नरहने गरी निभाईयो । आज हामी त्यहि जलेर नष्ट भएको खरानीमा झिल्को खोज्दै छौ र त्यो भेटिएको पनि छ । अब यो झिल्कोलाई निभाउने, हावा लगाउने प्रयास गरियो भने डढेलो लाग्ने छ । चलचित्र विकास बोर्ड गठन गरिएको यतिका बर्ष सम्म नेपाली चलचित्र निर्माता संघको हितमा के काम भयो त ? भनेर प्रश्न पनि गरे ?

अपवादको रुपमा केहि चलचित्रहरुले कमाए होलान् । तर अधिकांश निर्माताहरुको लगानी डुब्नुको कारण के हो त ? एउटा टेबलको त विमा गर्न सकिन्छ भने लाखौ करडौ लगानी गरेर बनाइएको चलचित्रको विमा किन भएन ? यसर्थ, हाम्रो माग भनेको, फिल्मी प्रोजेक्ट विमा,पाईरेसि रोकथाम,बजार विस्तार, फिल्मी सीटी, व्यवस्थित प्रदर्शन,सर्भर चार्ज, शेयरको बाँडफाँड,बक्स अफिस लगायत अन्य रहेको छ । बक्स अफिस हामी बढिमा ६ महिना भित्र लागू गरि सक्ने छौं भने ।

चलचित्र निर्माता संघको वैधानिकताको सम्बन्धमा,मनोज श्रेष्ठले भने, कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको हुनाले, यसको पछाडी प्राली नलेखिएको हो । कम्पनी १० किसिमको दर्ता गर्न सकिन्छ, यसै अन्तर्गत,मुनाफा वितरण नगर्ने, कम्पनी अन्तर्गत दर्ता गरिएको कारण यसको पछाडी प्राली नराखिएको हो ।

यस्तै चलचित्र संघका अर्का वक्ताले, चिया बेच्ने मान्छेको, दिनभरी चिया बेचेको हिसाबकिताब बेलुका गर्छ, तर लाखौ करडौ लगानी गर्ने चलचित्र निर्माताहरुको हिसाबकिताब खै ? कसले गर्छ हिसाबकिताब ? कुन चलचित्र, कुन हलमा लागीरहेको छ ? कतिवटा टिकट बिक्री भयो ? कति नाफा वा कति घाटा भयो ? कहाँ छ हिसाबकिताब ? यसर्थ निर्माताहरु घाटमा गईरहेको हुदा, राजकुमार राई नेतृत्वको निर्माता संघले वेवास्ता गरेकोले हामी अर्को निर्माता संघ गठन गर्न बाध्य भएका हौँ भने । म जति नवल संग नजिक छु त्यति नै राजकुमार जी संग पनि नजिक छु । तर यो व्याक्तिगत नभई संस्थागत हिसाबले आज हामी अगाडि बढेका छौं भने । कमिसन खाएर, बिदेशी चलचित्र प्रदर्शन गर्ने परम्पराको पनि बिरोध गरिएको थियो । कार्यक्रममा सुस्मिता केसी र लय संग्रौलाले पनि आ-आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *