सन्दीप लामिछाने T20I त्रिकोणीय सिरिजबाट बाहिरिए

२६ असाेज, काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने युएई र हङकङविरुद्धको टी–२० त्रिकोणात्मक सिरिजबाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले अक्टोबर २९ देखि नेपालमा आयोजना हुने टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि अक्टोबर १८ देखि अक्टोबर २७ सम्म नेपाल, युएई र हङकङको त्रिकोणात्मक सिरिजको आयोजना गरेको छ । लामिछानेले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेका छन् । आफू निकै भावनात्मक रुपमा गुज्रिरहेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन् कि उनी प्रतियोगितामा सहभागी नहुने बताएका छन् । उनले आफूले आफ्नो लागि समय निकाल्न चाहेको भन्दै बाहिरिएको बताए । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । नाबालिग बलात्कार गरेको आरोप लागेका लामिछाने हाल धरौटीमा छुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *