नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमले आज राति इजरायलमा विमान पठाउने भएको छ

२४ असाेज, काठमाडौं : इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज आज राति पठाउने भएको छ । इजरायलमा द्वन्द्व बढ्दै गएपछि सरकारले त्यहाँ रहेका नेपालीको उद्धारका लागि विमान पठाउने भएको छ । परराष्ट्र मन्त्री सचिवालयका अनुसार विमान राति ११ बजे इजरायलका लागि प्रस्थान गर्नेछ । ट्रान्जिटका रुपमा दुबई हुँदै निगमको जहाज इजरायल पुग्ने सचिवालयले जनाएको छ । अवस्था सामान्य नभएकाले चार्टर्ड विमान उडान र अवतरणका लागि अनुमति लिनुपर्छ । यसका लागि सरकारले इजरायलबाट स्वीकृति लिएको छ । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणपछि शनिबार १० नेपालीको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए भने १ जना बेपत्ता भएका थिए । इजरायलस्थित नेपाली दूतावासले नेपाल पठाउने ३५० नेपालीको विवरण यसअघि नै प्राप्त गरिसकेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई फोन गरी इजरायलमा रहेका नेपाली नागरिकको उद्धारका लागि निगमको विमान नपठाउन ढिलाइ भएको विषयमा सोधपुछ गरेका थिए । उनले जसरी भए पनि आजै हवाईजहाज पठाउन निर्देशन दिए ।x

Leave a Reply

Your email address will not be published. Required fields are marked *