भुटानी शरणार्थी मुद्दामा प्रतिवादीको निवेदन टुंगो लागेन, दशैंपछि अर्को सुनुवाइ

२६ असाेज, काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुको रिट अर्को आदेशसँगै टुङ्गिएको छ । उच्च अदालत पाटनमा परेको मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएसँगै बिहीबारको सुनुवाइ सकिएको हो ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको हो । सोही मुद्दासँग सम्बन्धित अर्को निवेदन उच्च अदालतमा परेपछि मुद्दा सँगै राख्ने आदेशसँगै बिहीबारको सुनुवाइ सकिएको हो ।

काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतलाई एकै व्यक्तिबाट ४५ लाख रुपैयाँ ठगी र संगठित अपराध गरेको अभियोगमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा जेल चलान गरेको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतले काठमाडौं जिल्लाको आदेशबमोजिम थुनामा नराखेर मुद्दा लड्न दिनु पर्ने माग गर्दै २०७६ असार २८ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालत अवैध थियो। यसअघि ४ पटक सुनुवाइ भइसकेको निवेदन असोज १२ गते पुन: पेस भए पनि पाँचौं पटक सुनुवाइ भएपनि टुंगो लाग्न सकेको छैन ।

रिट निवेदनको सुनुवाइ असोज १२ गते टुंगोमा पुग्न नसकेपछि मुद्दाको अर्को सुनुवाइ दशैं सकिएपछि तोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *