मोडलिङ्ग दुनियाँमा आए धनकुटेली सिजन राई

शान्तीराज राई-मंसिर८ काठमाडौ, मोडलिङको दुनियाँमा को-को आउँछन् को-को जान्छन्, त्यो ठूलो कुरा हैन, यहाँ को-को टिक्छन् भन्ने ठुलो कुरा हो ।

अहिले हजारौं यो क्षेत्रमा संघर्षरत छन्, भने बर्षेनी हजारौं पलायन पनि भईरहेको छन् । कोही यो क्षेत्रमा लागेर घरबारविहीन भएका छन् भने कोही रातारात स्टार पनि भएका छन् । यहीँ दुनियाँमा एक नयाँ प्रतिभा थपिएका छन्, सिजन राई । धनकुटाको खोकु ९ मा २०४७ फागुन ५ गते बाबू लोकबहादुर राई र आमा कृष्णकुमारी राईको कोखबाट जन्म लिएका सिजन राईले नयाँ जोशका साथ मोडलिङ्ग क्षेत्रमा पाईला टेकेका छन् ।

लामो समयदेखि मोडलिङलाई नजिक बाट अध्यायन र बुझ्ने कोशिश गरिरहेका राईले, राज राई र सुनिता राईको स्वरमा रहेको फेशबुक खोले बाट मोडलिङ्ग यात्रा सुरु गरेका हुन् । यो मेरो पहिलो प्रयास हो, यसमा साथी-संगीवाट सकारात्मक प्रतिक्रिया पाउदैछु । अब छिट्टै अन्य भिडियोहरुमा आफ्नो कमीकमजोरीलाई सुधारेर आउनेछु ।

पहिलो अभिनय पुर्वेली लोकगीतमै गर्न पाउदा आनन्द लागेको तर क्यामेराको अगाडि नर्भस भएको कारण सोचे जस्तो खुल्न नसकेको, तर अबको दिनमा खुलेर मेरो कलालाई प्रस्तुत गर्ने जमर्को गर्नेछु, भनेर सिजन राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *