मध्यवर्ती क्षेत्रको निर्वाचनमा जीवन लामाको पल्लाभारी

विचारी चामलिंग / नुवाकोट , श्री शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ककनी ओखरपौवा उपभोक्ता समितिको रिक्त रहेको अध्यक्ष उपाध्यक्ष र युवा महिला सदस्य तिन पद खालि मध्ये अध्यक्ष पदमा जीवन लाल तामाङ्ग अत्याधिक बहुमतले विजयी भएका छन् । युवा महिला सदस्य रत्नमाया तामाङ्ग सर्वसहमत बाट चयन गरिएको छ । पुर्व अध्यक्ष प्रेम बहादुर तामाङ्ग (भारदार) उपाध्यक्ष नेत्र बहादुर तामाङ्ग र युवा महिला सदस्य रमिता तामाङ्गले २०७४ सालको स्थानिय निर्वाचनमा उम्मेदवारी दिएको कारण निजहरुको पद नियमावली निर्देशिका अनुशार स्वतः खालि भएको हो । मिति २०७४ साल जेठ ५ गते बसेको बैठकको निर्णय अनुसार समितिको सचिव सिताराम घिमिरेले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अर्जुन भुषाल, युगेन श्रेष्ठ, रेञ्जर दिल्ली राई, गेम स्काउट विष्णु कुमार तामाङ्ग लगायतको बाक्लो उपस्थिति रहेको थियो भने कार्यबाहक अध्यक्ष सिताराम घिमिरेको अध्यक्षतामा उक्त निर्वाचन सम्पन्न भएको थियो ।

कावा अध्यक्षको ९ महिने कार्यकालमा के-के कार्य सम्पन्न भयो त ?
१- पर्य पर्यटन
२- शिक्षक मंच गठन
३- मध्यवर्ती क्षेत्र भित्र पर्ने विद्यालयहरुलाई खेलकुद लगायतका सामान वितरण
४- भवानी मावि क -१ सरस्वति मावि ५, ओखरपौवा मावि – १ ,
५ – वन्यजन्तु बदेलले मकै खेति नष्ट गरेका एकासी जनालाई क्षेतीपूर्ति राहतका लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा निवेदन दर्ता गराई सकेको
६- वन्यजन्तुहरुले पशुपंक्षीलाई मारेको दश मध्ये २ जनालाई क्षेतीपूर्ति दिलाएको
राम शरण फुयालको बाख्रा १ को रु दश हजार र ज्ञानमाया तामांगको गाईको बाच्छा १ को रु ५ हजार, सहायक संरक्षक राजु घिमिरेले समितिकै रोहवरमा उक्त रकम पिडितलाई हस्तान्तरण गरेका थिए ।

के हो त मध्यवर्ती क्षेत्र (Buffer Zone) भनेको ?
निकुञ्ज संग जोडिएका मध्यवर्ती क्षेत्रभित्र वसोवास गर्ने स्थानिय जनतालाई मानव र वन्यजन्तु विचको द्वन्द न्यूनीकरण गर्ने र प्रत्यक्ष रुपमा स्वास्थ्य , शिक्षा, रोजगार, विकास. आयमुलक तथा आफ्ना संस्कार संस्कृति स्थानिय बाटा घाटा पुलपुलेसा मठ मन्दिर पर्यटन विकास विस्तार गरि समपन्न गराउनको लागि निकुञ्ज र त्यस ईलाका समितिको साझेदारीमा ककनी र ओखरपौवा गरि २७ वटा समुहको १०५८ घर धुरीलाई बचत तथा ऋण समूह संचालन गरि जम्मा भएको रकमहरुलाई आफ्नै सदस्यहरुलाई लगानी गर्दै आईरहेको छ ।
यस समितिमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनेहरुमा प्रेम बहादुर तामाङ्ग (भारदार) जीवन लाल तामाङ्ग, सुर्य जिम्वा, राजकुमार तामाङ्ग थिए भने उम्मेदवारी फिर्ता लिनेहरुमा शिव कुमार लामा, रवि गुरुङ, तिलक लामा, लिला तामाङ्ग, राम जी फुयाल लगायतकाहरुले फिर्ता लिएका थिए ।

कसले कति मत प्राप्त गरे ?
जिवनलाल तामाङ्ग (विजयी ) ७२ मत
प्रेम बहादुर तामाङ्ग (भारदार) ५६ मत
सुर्य जिम्वा १६ मत
राजकुमार तामाङ्ग ७ मत
बदर मत १६
२७ वटा समुहका १८९ जना मध्ये १६६ जनाले मतदान गरेका थिए ।

समितिका सदस्यहरुमा को-को छन् त ?
जीवन लाल तामाङ्ग – अध्यक्ष
सुशिला लामा – कोषाध्यक्ष
सिताराम घिमिरे – सचिव
एलिना तामाङ्ग – सदस्य
चुडामणि फुयाल -सदस्य
सानुकान्छा तामाङ्ग (कप्तान) – सदस्य
हिमाल तामाङ्ग – सदस्य
सुन्दर श्रेष्ठ – सदस्य
राजकुमार तामाङ्ग – सदस्य
श्याम सुन्दर श्रेष्ठ – सदस्य
राजकुमार लामा – सदस्य
रत्न माया तामाङ्ग – युवा महिला सदस्य
द्रष्टव्य :- उपाध्यक्ष पदका लागि चयन हुन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *