यायोख्खा मलेसिया शाखाको नयाँ कमिटी गठन

मलेसिया– विभिन्न पेशामा आबद्ध रहेर मलेसियामा बसोबास गरिरहेका राईहरुलाई एकबद्ध गराउने संस्था किरात राई यायोख्खाको नयाँ कमिटि गठन भएको छ ।

यहि फेब्रुुअरी १२ तारिक सोमबार क्वालालाम्पूर स्थित एभरेष्ट कीचन रेष्टुरेन्टमा आयोजित किरात राई यायोख्खाको साधारण भेलाले नयाँ कमिटि चयन गरेको हो । नयाँ कमिटिमा यूवराज साम्पाङ राई अध्यक्ष रहेका छन् भने उपाध्यक्षमा श्याम चाम्लिङ, सचिवमा बिपीन राई, कोषाध्यक्षमा जोन राई, सहसचिवमा केवल कुलुुङ त्यसैगरि सदस्यहरुमा भिमवानुु राई, हम्बे राई, गोमा चाम्लिङ, विमल राई रहेका छन् । सल्लाहकारहरुमा विश्व बिक्रम राई, दीलिप सागर राई र मोहन राई रहेका छन् ।

सन् २००८ मा मलेसियामा स्थापना भएको किरात राई यायोख्खाले विभिन्न समयमा राई जातिहरुको भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका कार्यहरुमा ऐक्यबद्धता भएर सहयोग जुटाउदै आएका छन् । किरात राई यायोख्खाको आयोजनामा सन् २०१७ मा दुई पटक साकेला नाचको आयोजना भएको थियो ।
सोहि अबसरमा सन् २०१५ देखि २०१८ सम्म संस्थामा सक्रिय आबद्ध रहि नेपाल फर्कन लागेका संस्थाका सदस्य खगेन्द्र राई ‘बर्बोटे माइला’ लाई मायाको चिनो तथा धन्यवाद पत्र सहित बिदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *