गुल्मी,सप्तरी पाल्पा,महोत्तरी र भक्तपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

मंसिर २३ गुल्मी, हाडहाडे १ नाबी बस्ने मनोज श्रेष्ठले संचालन गरेको तोरी पेल्ने पानी मिलमा धुर्कोट रजस्थल १ बस्ने ५० वर्षीय लोकबहादुर कुमालको तोरी पेल्ने क्रममा बुधबार मिलको पट्टा अचानक बेरिँदा घट्नास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

यसैगरी महोत्तरी धिरापुर ९ स्थित सडकमा ज.१ त २३०९ नम्बरको ट्रयाक्टरमा सवार मटिहानी ५ बस्ने ४५ वर्षीया पुकारीदेवी यादव ट्रयाक्टरबाट खस्न गई गम्भिर घाईते भएकीले उपचारार्थ लैजाने क्रममा बुधबार बाटोमै मृत्यु भएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ ।

सप्तरी बकधुवा ८ महेन्द्र राजमार्गमा ना.३ च ६४५४ नम्बरको जिपले सोही ठाउँ बस्ने ६० वर्षीय साईकलयात्री राजदेव महतोलाई ठक्कर दिंदा बुधबार घट्नास्थलमै मृत्यु भएको छ । जिप नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै पाल्पा अर्गली २ टिपुरे स्थित सडकमा लु.२ ख ७१५ नम्बरको बसमा सवार सोही ठाउँ डेरा गरी बस्ने बस्ने ठिमुरे ८ का ३८ वर्षीय गोबिन्द सारुलाई बसबाट झर्ने क्रममा सडकमा पल्टदाँ बसको पछाडिको चक्काले किचेर बुधबार घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी भक्तपुर नगरपालिका १५ कालोपाटी सडकमा बा.६९ प १७६ नम्बरको स्कुटर बुधबार अनियन्त्रित भई रोकी राखेको बा.३ ख ३७८१ नम्बरको बसको मुनि छिर्दा स्कुटर चालक रामेछाप हिलेदेवि घर भएका २२ वर्षीय सुर्य बञ्जन गम्भीर घाईते भएकोले भक्तपुर अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *