लागू औषध र भरुवा बन्दुक सहित पक्राउ

मंसिर २३ काठमाडौ, सुनसरी ईटहरी उपमहानगरपालिका २४ तरहरा बस्ने २० वर्षीय सन्तोष श्रेष्ठलाई अवैध लागु औषध नाइट्रोसन ९० ट्याबलेट, एभिल ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल र डाइजेल्याप ४ एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर २१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा शंका लागी चेक जाँच गर्ने क्रममा लागू औषध ब्युरो विराटनगरको टोलीले श्रेष्ठको साथमा उक्त लागू औषध फेला पारेको हो । यसैगरी मोरङ विराटनगर २१ स्थित हुलास चोकबाट सुनसरी धरान ८ दुर्गाचोक बस्ने १७ वर्षीय राकेश श्रेष्ठलाई लागू औषध डाईजेल्याप २० एम्पुल, लुपिजेसिक २० एम्पुल र एभिल २० एम्पुल सहित फेला पारी बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै काप्रे चउर २ बस्ने ३५ वर्षीय डम्बरबहादुर खत्रीलाई अवैध भरुवा बन्दुकसहित बिहिबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *