नयाँ शक्ति पाटीका संयोजक माथि पोखरामा एकजनाले जुत्ता प्रहार गरे

मंसिर २३ काठमाडौ, नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि पोखरामा एक जनाले जुत्ता प्रहार गरेको छ। पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन पृथ्वी नारायण (पिएन) क्याम्पस पुगेका भट्टराईलाई सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका हुन्।

‘नेताले देश बिगारे यो बाबुराम पनि एउटा पात्र हो’, प्रहरीमा दिएको बयानमा उनले भनेका छन्। कैलालीको नारायाणपुर गाविस वडा नं. ७ घर भएर उनी पोखराको फूलबारीमा बसोबास गर्छन्। अर्थशास्त्रमा एमए अध्यायनरत उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनले भट्टराईलाई कालोझन्डा समेत देखाएपछि उनलाई पक्राउ गरिएको बगर प्रहरी चौकीका इन्स्पेक्टर किशोर लम्सालले जानकारी दिए।

‘नेताले देश बिगारे यो बाबुराम पनि एउटा पात्र हो’, प्रहरीमा दिएको बयानमा उनले भनेका छन्। कैलालीको नारायाणपुर गाविस वडा नं. ७ घर भएर उनी पोखराको फूलबारीमा बसोबास गर्छन्। अर्थशास्त्रमा एमएका विद्यार्थी उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

अपमान प्रयास भए पनि संयोजक भट्टराईले विद्यार्थीको कार्यक्रमलाई १५ मिनेट जति कार्यक्रमलाई सम्बोधन गरेका थिए, भनेर सन्तोष पोखरेलले नागरिक न्युजमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *