विद्यालयमा कक्षा १०को टेष्ट परिक्षा कमाउने धन्दा

माघ ७ काठमाडौ, विद्यालयमा ७५ प्रतिशत हाजिर भएका विद्यार्थीलाई स्वतः वार्षिक परीक्षामा सहभागी हुन दिनुपर्ने व्यवस्था लत्याउँदै निजी विद्यालय सञ्चालकले कक्षा दसका विद्यार्थीलाई टेस्ट परीक्षा जिल्ला जिल्लामा लिएका छन् ।
कक्षा दसको अन्त्यमा परीक्षा नियन्त्रण कार्यालयमार्फत स्कुल एजुकेसन एक्जामिनेसन (एसईई) लिने व्यवस्था शिक्षा ऐनमा भए पनि उक्त परीक्षाअघि प्रि(टेस्ट लिन पाउने व्यवस्था छैन । विद्यालय सञ्चालकहरूले आन्तरिक रूपमा जहिले पनि परीक्षा लिन पाउने भए पनि नीतिगत रूपमा परीक्षा तालिका प्रकाशन गरेर र चर्को शुल्क लिएर परीक्षा लिनु गलत भएको सरोकारवालाको आरोप छ ।

यस्तो परीक्षालाई अभिभावकले विद्यालय सञ्चालकको आर्थिक उपार्जन गर्ने बलियो माध्यम मात्र भएको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काठमाडौंले परीक्षा तालिका नै प्रकाशन गरेर बिहीबारदेखि यस्तो परीक्षा सञ्चालन गरेको हो ।

प्याब्सनको अनुसार काठमाडौंबाट १८ हजारको हाराहारीमा कक्षा दसका विद्यार्थी परीक्षामा सहभागी भएको बताईएको छ । हरेक विद्यार्थीबाट परीक्षा शुल्कबापत काठमाडौंमा पाँच सय रुपैयाँ लिइएको छ । यस्तो परीक्षा प्याब्सनको नेतृत्वमा हरेक जिल्लाले आफूलाई अनुकूल हुने गरी सञ्चालन गर्न सक्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *