पूर्वराजपरिवारको चल सम्पति झण्डै ४१ करोड

माघ ७ काठमाडौ, पूर्वराजपरिवारको चल सम्पति झण्डै ४१ करोड रहेको पाइएको छ । आर्थिक वर्ष ०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति ४० करोड ८८ लाख ७६ हजार रहेको हो ।

नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा संघ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ ।
नबिल बैंक लिमिटेडमा दुईलाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्ड्रष्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिए ।

यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ । ट्रष्टले पूर्वराजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेला पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *