लागू औषध सहित पक्राउ

काठमाडौ २७ भदौ
विराटनगरबाट काठमाडौं आएको ना.७ ख २१२१ नम्बरको यात्रुबाहक बसबाट सोमबार प्रहरीले लागूऔषध नुर्फिन २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र एभिन २ सय एम्पुल बरामद गरेको छ । अनुसन्धानको लागि बसका सहचालक तेह्रथुम मच्छेहम गाउँपालिका–२ का २६ वर्षीय किशोर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं बस्ने गोरखाको घ्यालचोक–४ का २७ वर्षीय रोहित घले, काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने तनहुँको बन्दीपुर–७ का २५ वर्षीय मिनबहादुर गुरुङ र काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बस्ने २३ वर्षीय नविन थापालाई १ केजी लागूऔषध चरेश सहित सोमबार प्रहरीले पक्राउ गरको छ ।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजारस्थित लागूऔषध चरेश खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले जाँच गर्दा उक्त लागू औषध सहित थापा, गुरुङ, घले र थापा पक्राउ परेका हुन् ।

यसैगरी सुन्दरहरैचा नगरपालिका–१ बस्ने १८ वर्षीय समिर दाहाललाई लागूऔषध एभिल ७ एम्पुल तथा सोही ठाउँ बस्ने २६ वर्षीय जिवन राईलाई लागूऔषध डाइजेल्याब २ एम्पुल र लुपीजेसिक २ एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । बुढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प अगाडि सवारी साधन जाँच गर्ने क्रममा शरीरको बिभिन्न भागमा लुकाइछिपाई ल्याएको उक्त लागूऔषध सहित उनीहरु पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *