बिरालोको दिसा, संसारको सबैभन्दा महंगोे कफी

काठमाडौ २७ भदौ- संसारको सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’बिरालोको दिसाबाट बनाउने गरिएको छ । बोटमा पाकेको कफिलाई ‘एसियन पाम सिभेट’ जातको जंगली बिरालोले खाएर बिस्ट्याएपछि सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’ बनाउने गरिन्छ ।

‘पाम सिभेट’ बिरालोले पाकेको कफीको दाना बोटमै चढेर खाने गर्दछ तर पचाउन सक्दैन । पचाउन नसकेर दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा विक्रि हुने गरेको छ ।

‘कोपि लुवर्क’ कफी भारत, इन्डोनेसिया, बंगलादेशलगायत देशबाट अएउ मुलुकमा निर्यात हुने गर्दछ । भारतको कर्नाटक राज्यमा यस कफीको दानालाई ३२ हजार देखि ४० हजार रुपैयाँ प्रति किलोमा विक्रि हुने भारतीय एक संचार माध्यमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *