रुपकुमार राईको रुप समीक्षात्मक कार्यक्रम सम्पन्न

ईन्द्र जिजीबिषा,मंसिर १३ काठमाडौ-राम साइली, सुरु है बरु लाकुरीको लंकै पुग्यो जरा जस्ता कर्णप्रिय गीत गाईसकेका गायक रुपकुमार राईको छैटौ एल्बम रुप सार्वजनिक भएको छोटो समयमै चर्चाको शिखरमा पुगेको छ । गीतहरु सार्वजनिक भएको तिन हप्ता पछाडि,आइतबार रुप एल्बमको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको हो । विमोचन गरेर सार्वजनिक गरीने परम्परालाई तोडेर गायक रुपकुमारले सार्वजनिक गरेर समीक्षात्मक कार्यक्रम गरेका हुन् ।

अहिलेको परिस्थितिमा आफु चर्चामा आउन चर्चा परिचर्चा गर्ने, जब आफु चर्चामा आईसके पछि,काम गर्दा झारोटार्ने काम मात्र गर्ने अहिलेका चर्चित भनिएका कलाकारहरुको परिपाटिरहेकोमा गायक रुपकुमार राई भित्रको लगनशिलता काम गर्ने क्षमतालाई हेर्दा उनि एक सालिन अनि क्षमतावान गायकको रुपमा भेटिन्छ । काम गर्दा कति पनि घमण्ड नगर्ने गायक रुपकुमार मिजासिलो स्वभावको, सबै संग आत्मियता भएर काम गर्ने गरेको देखिन्छ।

रुप एल्बमको गीतहरु युट्युबमा सार्वजनिक भएको छोटो समयमै चर्चा बोलको गीतलाई ७७ हजार भन्दा बढि दर्शकहरुले हेरीसकेकाछन् । चर्चा बोलको गीतलाई बरिष्ठ गीतकार डा कृष्णहरी बरालले लेखेका छन् भने, यो गीतमा बरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राईले संगीत भरेर लयबद्ध गरेकाछन् । अहिलेकी चल्तीकी नायिका केकी अधिकारी र जीवन भट्टराईले सशक्त अभिनय गरेको म्युजिक भिडियो पनि उत्कृष्ठ बनेको छ ।

यस्तै, रुप एल्बममा रहेको दोस्रो गीत सधै तिमी मुस्कुराउनु,फक्रिएको फूलसरी बोलको गीतलाई मलेशियामा रहेका गीतकार बलबहादुर राईले लेखेका हुन् भने, यो गीतमा संगीत भरेका छन् संगीतकार सचिन शिंहले ।

त्यस्तै एल्बममा रहेको अर्को गीत नत लगेउ मलाई साथ्, बढ्यो दिलको खाटो, अध्यारोले छोप्नै छोप्यो, आफु हिड्ने बाटो बोलको गीतलाई शब्द रचना गरेका छन् गीतकार देवान चाम्लिङ्ग (पृथ्वी)ले भने यो गीतलाई संगीत भरेका छन् संगीतकार महेश खड्काले ।

यसैगरी यहि एल्बमा रहेको अर्को गीत भने बोनस गीतको रुपमा तिम्रो मनमा के छ, थाहा छैन केहि, मेरो मनमा जे छ भए हुन्थ्यो त्यही बोलको गीतलाई शंकर अधिकारी घायलले शब्द रचना गरेका हुन् भने,महेश खड्काले नै यो गीतलाई पनि लयबद्ध गरेका छन् ।

समीक्षात्मक कार्यक्रममा बोल्दै बरिष्ठ गीतकार भुपाल राईले भने, सांगीतिक दुनियाँमा १८ बर्ष यात्रा पार गरीसकेका गायक रुपकुमार राई समय सापेक्षित गायक हुन् । अहिलेको जमानामा सफल गायक हुनलाई स्वर मात्र भएर पुग्दैन, चेतनाले भरिएको गीत गाउनु सक्नु पर्छ । यसर्थ रुपकुमार स्वर र साधना भएको एक प्रतिभावान गायक हो भन्नेमा कुनै दुई मत छैन । रुपकुमारको पछिल्लो एल्बम र गीतहरु सफल र स्रोताहरुको मनमा बस्न सक्नुको कारण पनि यहि हो ।

कार्यक्रममा प्राज्ञ शान्तिराम राईले आफ्नो सांगीतिक लामो यात्रामा बनेको गीत मध्य यो गीत अत्यन्तै राम्रो बनेकोमा आफु धेरै खुसी रहेको बताए । धेरै समय अगाडि बनेको गीत धोका दियौ तिमीले, कलेजीमा घाउँ लाग्यो,बिछोडको गोलीले बदनाम दाग लाग्यो, तिमी तारे भिर मत लहरा जस्तै यो चर्चा गीतले मलाई खुसी तुल्याएको बताए ।

यस्तै कार्यक्रममा डा कृष्णहरी बरालले आफुले लेखेको गीतलाई गायक रुपकुमार राईले न्याय दिएकोमा आफु खुसी रहेको बताउदै गायक रुपकुमार राईलाई प्रगती र उन्नतीको साथमा बधाई दिए  ।

कार्यक्रममा बरिष्ठ गीतकार डा कृष्णहरी बराल, बरिष्ठ गीतकार भुपाल राई,संगीतकार प्राज्ञ शान्तिराम राई, गायक रुपकुमार राई लगायत अन्यको उपस्थिति रहेको थियो ।

रुप एल्बममा रहेको चर्चा बोलको गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *