नखुलेको आकाश खुलेर आयो : रेशम चौधरी

नखुलेको आकाश खुलेर आयो resham chaudhariमाओवादीले गठबंधन भुलेर आयो
गरेका बाचा नपुगेपछी
आदिवासीको आक्रोश चुलेर आयो।

समयको घडी दौडेर आयो
जात र बर्ण पौडेर आयो
किन दिनु र आखिर, दासलाइ सन्दूक?
तिमी र हामी तौलेर आयो।।

कम्युनिस्टको बुर्का खुलेर आयो
मार्क्सबाद,माओवाद भुलेर आयो
चाँहिदैन रैछ बाबालाई कानुन?
जडिबुटी जति हुलेर आयो।।।

नश्लबाद आखिर जुटेर आयो
मुलबासी सधैं फुटेर आयो
दुईचार मन्त्र फलाक्दै बाहुन?
हामिलाइ सधैं लुटेर आयो।।।।

नबन्ने कानुन बनेर आयो
खन्खन्ती पैसा गनेर आयो
हाम्रै भित्रको बिभिषण बाद?
मृत्युको संकेत बनेर आयो।।।।।

(नखुलेको आकाश,अहिलेको चर्चित कंचन काण्ड बाट व्यंग्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *