राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिए

काठमाडौ २० असोज- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै शुक्रबार पदबाट राजीनामा दिएको बताएका छन् ।

राजदूत उपाध्यायले उप-प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् । राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरे उहाँ राजनीतिमा फर्किने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *