नवराज सिलवाल र गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश

काठमाडौ २० असोज – नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल र चर्चित गायक सञ्जय श्रेष्ठ एमाले प्रवेश गरेका छन् । बुद्धनगरस्थित क्यालिटी बैंक्वटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाल र श्रेष्ठलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

डिआइजी सिलवालले सरकारको अन्यायपूर्ण निर्णय र कारवाहीपछि पदबाट राजिनामा दिएका थिए । राजिनामा दिएपछि सिलवाल एमालेका कार्यक्रमहरुमा देखिदै आएका थिए । गायक श्रेष्ठ भने यो भन्दा अगाडि राप्रपाका केन्द्रिय सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *