काठमाडौ- मध्यरातमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिचमा एकिकरणको प्रारम्भिक आधारहरु बने पछि नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्रि गोपाल किरातीले ति मस्यौदाहरुमा असन्तुष्टि जनाउदै माओवादी केन्द्र पुनरगठनको आह्वान गरेका छन् । नेकपा माओवादी केन्द्रले भन्दै आएको पहिचानको मुद्धालाई छोडेर नेकपा एमालेले अवलम्वन गर्दै आएको जनताको बहुदलिय जनवादलाई आत्मसाथ गर्दै पार्टि एकिकरण हुने भएपछी नेता किरातीले आफू त्यसमा सहमत हुन नसक्ने भन्दै माओवादी केन्द्रको पुनर्गठनको लागि अगाडि बढेका हुन् ।
नेता किराती भन्छन्, “महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिष्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनि ‘दक्षिण पन्थी काण्ड’ को खरो शब्दमा भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र महाधिवेशन समूह त्यस काण्डमा नरहेको स्पस्ट गर्दछु । मार्क्शवाद, लेलिनवाद, माओवादको पथ प्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीति कार्यदिशा एवं पहिचानको मुद्धालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कम्रेडहरुमा नेकपा माओवादी केन्द्र पुनरगठन गरि अघि बढ्न विशेष आह्वान गर्दछु ।
आगामी पार्टीको महाधिवेशनलाई पार्टि एकताको अमाधिवेशानको रुपमा लिईने जनाउदै, मध्यरातमा भएको सहमतिमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, ईश्वर पोख्रेल र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ अनि राम बहादुर थापाको हस्ताक्षर रहेको छ । दुई पार्टी बिच भएको सहमतिमा पार्टीको नाम नेकपा मात्रै रहने उल्लेख छ । त्यसैगरी नेकपा एमालेले अवलम्वन गर्दै आएको जनताको बहुदलिय जनवादलाई स्वीकार्दै लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपुर्ण बहुदलिय शान्तिपूर्ण प्रतिष्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका सामान धारणा रहेको सहमति पत्रमा उल्लेख छ ।
यी माथि भएका सहमतिमा नेकपा माओवादी केन्द्रका महाधिवेशन संयोजक नेता गोपाल किरातीले असहमति जनाउदै महान शहिदहरुको कदर गर्न माओवादी केन्द्र पुनर्गठन गर्न आह्वान गरेका हुन् ।