नेकपाको ८ गते नेपाल बन्द, नेकपा माओवादी केन्द्र महाधिवेशन समुहको समर्थन

काठमाडौ- नेकपा माओवादी केन्द्र महाधिवेशन अायोजक समूहका संयोजक गोपाल किरातीले नेकपा समुहद्वारा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई नीतिगत रुपमा समर्थन रहेको जनाएका छन् । राष्ट्रिय युवा जन स्वयम सेवकका नेता तथा कार्यकर्तालाई बिराट नगरमा भएको शान्तिपुर्ण कार्यक्रम बाट प्रहरीले गिरफ्तार गरेकोमा संयोजक किरातीले आपति जनाउदै प्रेस विज्ञप्ति मार्फत उक्त समर्थन जनाएको हो ।

गिरफ्तार गरिएकाहरुमा नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पोलिट्‍ब्यूरो सदस्य पदम राईसहित २ सय जना नेता कार्यकर्तालाई गिरफ्तार गरिएको थियो ।

नेता सुदर्शन, पदम राई लगायत ७ जना राजवंशी चोकबाट, सुकुम्बासी सङ्गठनका नेता रामबहादुर माझि, विद्यार्थी नेता फडिन्द्र राजबंसीसहित ७० जनालाई पथरीबाट गिरफ्तार गरिएको थियो ।

नेता किरातीले आफ्नो प्रेस विज्ञप्तिमा भनेका छन्, कुनै पनि देशभक्त तथा वामपन्थी शक्ति विरुद्ध हुने राज्यको दमनलाई नजर अन्दाज गर्न सकिन्दैन । अत : नेकपा सम्बद्ध बिराटनगरको शान्तिपुर्ण कार्यक्रममा प्रधानमन्त्री खड्ग ओली सरकारको राज्य आतंक विरुद्ध प्रतिरोधमा नेकपा समुहद्वारा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई हाम्रो नेकपा माओवादी केन्द्र महाधिवेशन समूह दृढता पुर्वक नीतिगत समर्थन गर्दछ । साथै राज्य आतंकारी खड्ग ओलीलाई दिएको समर्थन फिर्ता गरि महान जनयुद्धको उपलब्धि गणतन्त्र रक्षार्थ उभिन अध्यक्ष प्रचण्डलाई पुनः अनुरोध गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *