भोजपुरको रामप्रसाद राई गाउँ पालिकामा ८ मतले माओवादी पराजित

भोजपु १६असार- भोजपुरको रामप्रसाद राई गाउँपालिकामा नेकपा एमालेले पहिलो खाता खोलेको छ । रामप्रसाद राई गाउँपालिकामा नेकपा एमालेका विजय राई अध्यक्षमा निर्वाचित भएका छन् ।

राई २ हजार ३ सय ५६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका थामबहादुर राई ८ मतले पराजित भए राईले ले २ हजार ३ सय ४८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सम्झना राई विजयी भएकी छिन् । उनले २ हजार ५३२ मत प्राप्त गरिन भने उनकी निकटतम प्रतिद्वन्द्वी कृतिका राईलाई ७७ मतले पराजित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *