भीरबाट खसेर अमेरिकी नागरिकको मृत्यु

१९ असोज, काठमाडौँ : हिमाली जिल्ला मनाङ घुम्न जाने क्रममा भीरबाट खसेर एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।

पीडित ६९ वर्षीय चार्ल्स किथ डेभिस हुन्। उनी बुधबार राति बा ६ च ७५६ नम्बरको जीपमा लमजुङबाट चामे जाँदै थिए । उहाँ आफ्नो जीवनसाथी, गाइड, चालक र भरियासँगै हुनुहुन्थ्यो। बेशीशहर–चामे सडकखण्डको नासो गाउँपालिका–३ खोत्रोडाँडामा सडकबाट ढुङ्गा हटाउन खोज्दा डेभिस अचानक सडकबाट खसेका हुन् । उनी मस्र्याङ्दी नदी किनारमा करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चामेबाट खटिएको प्रहरी टोलीले उनलाई सोही रात उद्धार गरी जिल्ला अस्पताल पुर्याएको भएपनि उपचारका क्रममा विदेशी पर्यटकको मृत्यु भएको हो । मृतक डेभिसको शव पोष्टमार्टमका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *