बझाङलाई केन्द्रविन्दु बनाएर फेरि दुईवटा भूकम्प

१९ असोज, काठमाडौँ : सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको चैनपुरलाई केन्द्रविन्दु बनाएर गए राति थप दुई भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १० बजेर ५२ मिनेट जाँदा र १२ बजेर २३ मिनेटमा एउटा भूकम्प ४.३ रेक्टर स्केल र अर्को ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । मंगलबार दिउँसो तल्कोटलाई केन्द्रविन्दु बनाएर बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । सोही दिन दिउँसो ३ बजेर ६ मिनेटमा जिल्लामा ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि दिउँसो ३ बजेर ४५ मिनेटमा ४.१ रिक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । त्यसैगरी भूकम्पमा सयौं घरमा क्षति पुगेको छ । केन्द्रका भूवैज्ञानिक डा लोकविजय अधिकारीले नेपालको पश्चिमी क्षेत्र जुनसुकै बेला भूकम्पको जोखिममा रहेको जानकारी दिनुभयो । “५०० वर्षदेखि नेपालको पश्चिमी क्षेत्रमा कुनै पनि उल्लेखनीय भूकम्प नदेखेकाले यस क्षेत्रमा पछिल्लो समय भूकम्पको धक्का महसुस गरिएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *