“बहाव” संगै आईन आभा मुकरुङ

काठमाडौ – गायिका आभा मुकारुङ एकल एल्बम ‘बहाव’ लिएर आएकी छिन् । ११ वटा गीत रहेको ‘बहाव’मा नरदेवी राई, शिमुरा, सुरेश शाही, बुद्धि मोक्तान, राई नविन, आनन्द अधिकारी, राजकुमार राई, डिपी खनाल र मुकेश राईको शब्द, अर्जुन कौशल, बालन्द राई, राई नविन, पविधन खालिङ, सन्तोष दुमी राई, धनु ग्याङ्मी र हेमन्त चेम्जोङको सङ्गीतलाई सचिन सिं, फनिन्द्र राई, अर्जुन कौशल, नोर्वु शेर्पा, उदयराज पौडेल र विश्व अधिकारीले सङ्गीत संयोजन गरेका छन् । दुई गीतमा गायिका आफैले सङ्गीत भरेकी छन् भने एउटा युगल गीतको गायनमा हेमन्त चेम्जोङले साथ दिएका छन् ।

‘बहाव’ आभाको तेस्रो एल्बम हो । यसअघि उनको ‘आभा’ (२०६२) र ‘सौम्य’ (२०५९) सार्वजनिक भइसकेको छ । ‘कता हिँडेको’, ‘काली पारे दाइ हो’ लगायत उनका थुप्रै गीतहरु लोकप्रिय छन् ।

गायिकाले एल्बम बिक्रीवापतको ५० प्रतिशत रकम सङ्गीतकर्मीहरुको सहयोगमा खर्च गर्ने उल्लेख गरेकी छिन् । ‘बहाव’मा समाविष्ट ‘आमा’, ‘सोझो बाटो’ र ‘फूल होइन’ बोलको गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ । एल्बमलाई अलग आर्ट हबले स्रोतामाझ ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *