भुइँचालो उत्पन्न समस्यामाथि ‘फुर्लुङ’

काठमाडौँ – मुलुकमा साढे दुई वर्षअघि गएको विनाशकारी महाभुइँचालोपछि नेपाली समाजमा देखिएको विकराल अवस्था र त्यसले घरपरिवार गुमाएका बालबालिकाहरूप्रति पारेको दयनीय अवस्थामा आधारित रहेर चलचित्र ‘फुर्लुङ’ निर्माण गरिएको छ । सार्वजनिक प्रदर्शन भइरहेको छोटो चलचित्र ‘फुर्लङ’ सिन्धुपाल्चोकको दनुवार बस्तीमा छायाङ्कन गरिएको संवाद लेखक तथा कलाकार जीवन थापाले बताए ।

दनुवार समुदायको कथा–व्यथा र जीवनशैलीलाई समेत चित्रण गरिएको ‘फुर्लुङ’मा भुइँचालोले सो समुदायमा पारेको प्रभावलाई समेत उतारिएको छ । निर्देशक दिनेशजङ्ग खड्काका अनुसार भुइँचालोसम्बन्धि कथा बोकेको ‘फुर्लुङ’ देशका विभिन्न विद्यालय र गाउँबस्तीहरूमा प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाउने उद्देश्य रहेको छ ।

केशव अधिकारीको छायाङ्कन, नवीन निरौलाको सम्पादन र सूर्य राईको सङ्गीत रहेको चलचित्रमा जीवन थापा, अशोक शिवाकोटी, अनुष्का खड्का, ज्ञानेन्द्र कोइराला, अर्नभ खड्का, कृष्णभक्त, वेदप्रसाद, विष्णुभक्त र लक्ष्मी दनुवारको जीवन्त अभिनय हेर्न पाइन्छ ।

आर.टी.आई. एड इन्टरनेश्नल नेपालको प्रस्तुति रहेको चलचित्रमा राजेश श्रेष्ठ ‘राहुल’ कार्यकारी निर्माता रहेका छन् भने भवानी खड्का निर्माता र कर्ण नेपाली सहनिर्माता रहेका छन् । चलचित्रको अन्तर्राष्ट्रिय बजार–व्यवस्थापनको जिम्मा माउन्टेन रिभर फिल्मस्ले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *