प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण गरेर आज नेपाल फर्किए

काठमाडौ १६ चैत्र,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण गरेर आज नेपाल फर्किएका छन् । प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा भाग लिन नेपाली टोलीको प्रनितिधित्व गर्दै गत १० गते चीन प्रस्थान गरेका थिए । चिनबाट फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकार सम्मलेन गर्दै “दुई देशबीचको विश्वास र समझदारी थप सुदृढ भएको र आफ्नो भ्रमणको उद्देश्य नै सम्बन्ध सुदृढ बनाउनु रहेको स्पष्ट गरे”।pm prachandaबोआओ फोरममा सहभागी भएपछी प्रधानमन्त्री प्रचण्डले बेइजिङ पुगेर उच्चस्तरीय भेटवार्ता गरेका थिए। चिनियाँ राष्ट्रपतिसँग भएको भेटबाट आपसी सम्बन्ध दरिलो भएको उनको भनाइ थियो। चीनका राष्ट्रपति संगको भेटमा चिनियाँ राष्ट्रपति पीङले नेपालको स्थानीय तहको निर्वाचनमा सानो सहयोग भन्दै करिव १३ करोड ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा पनि गरेका थिए ।

प्रधानमन्त्री दाहालले,नेपालका राष्ट्रपतिका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोको स्मरण गराएको बताए । भेटमा सीले आफ्नो छिट्टै नेपाल भ्रमणमा आउने बताएको उनले उल्लेख गरे। प्रचण्डले आफूले दुवै देशका उच्च राजनीतिक तह, सांसद र सरकारी तह र राजनीतिक दलका प्रतिनिधिको भ्रमणबाट थप सुदृढ सम्बन्ध बनाउनु पर्ने धारण राखेको बताए।pm prachanda चिनियाँ राष्ट्रपतिले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा सहभागी हुने प्रतिबद्धता आफूले व्यक्त गरेको प्रचण्डले बताए। परियोजनाबाट नेपालले रेल, सडक,रेल मार्ग निर्माणका विषयमा समेत छलफल गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *