घरमा पार्किङ्ग गरिराखेको मोटर्साइकलमा अज्ञात समुहद्वारा आगजनी

काठमाडौ १६ चैत्र, ललितपुरमा एक अज्ञात समुहले मोटर साईकलमा आगजनी गरेको छ । ललितपुरको तिखेदेवलस्थित द्रोणबहादुर सुनुवारको घरको कम्पाउन्ड भित्र मोटरसाइकल राखिरहेको अवस्थामा राती १०:३० तिर आगजनी भएको हो ।cycle incendiarism
रातको समयमा पसल बन्द गरेर गेट लगाई भित्र बसिरहेको बेला छिमेकीहरुले होहल्ला गरेपछी थाहा पाएर बाहिर निस्कदा दुईवटा मोटरसाइकल र एउटा स्कुटी जलिरहेको थियो। छिमेकीको सहयोगमा आगो नियन्त्रण लिएपछि त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन ।

तुरुन्तै आगो नियन्त्रणमा नलिएको भए मोटरसाइकल बिस्फोट भएर पुरै घरलाई नै क्षति हुनसक्ने हीमा सुनुवारले सूचना खबरलाई बताईन् । पेट्रोल छर्केर आगजनी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।motercycle incendiarism bike incendiarism

फोटो सौजन्य: हीमा सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *