पोष्ट ग्राजुएटमा गरिव,विपन्न,दलित,मधेशी र जनजातीलाइ २० प्रतिशत छात्रबृद्धि नदेउ भन्दै डिन कार्यालयमा ताला

काठमाडौ १९ बैशाख,पोष्ट ग्राजुएटमा गरिव, विपन्न, दलित, मधेशी र जनजातीलाइ २० प्रतिशत छात्रबृद्धि दिएको भन्दै डिन कार्यालयमा ताला लगाएका छन्  । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मिलन गैरेको नेतृत्वमा गएका केहि विद्यार्थीहरुले कार्यालयबाट डिनलाई बाहिर निकाली ताला लगाएका हुन् ।

आइओएम जस्तो संवेदनशील क्षेत्रमा गरिव, विपन्न, मधेशी, दलित,जनजातीको नाममा आरक्षण दिनु समय सान्दर्भीक नभएको आन्दोलनकारीहरुले बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष गैरेले भने, ‘पिजी पढ्ने विद्यार्थीहरु गरिव वर्गका हुदैनन् ।

हुने खाने वर्गले पढ्ने भएका कारण कुनै पनि बाहनामा आरक्षण दिलाउनु न्यायोचित हुदैन ।’ विद्यार्थीहरुले यसलाई तत्काल खारेज गर्नुपर्ने बताएका छन् । आरक्षण संगै आएका वेथितिहरुको पनि उचित व्यवस्थापन गर्न विद्यार्थी संगठनले माग गरेका छन् । गैरेले पोष्ट प्राजुएटमा भइरहेको अहिलेको काउन्सेलीङ्लाइ तत्काल बन्द गर्न पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *