को बन्ला एक नम्बर प्रदेशका सभामुख

काठमाडौ, २८ माघ – एक नम्बर प्रदेश सभाले आइतबार सभामुख पदको मनोनयन दर्ताको मिति तोके संगै सभामुख को बन्ने भन्ने चर्चा चुलिएको छ ।
वाम गठबन्धनबाट एमाले एक्लैको बहुमत रहेको यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेकै भागमा परेको छ । ओली पक्षका शेरधन राई मुख्यमन्त्री हुने निश्चित भएसँगै एमालेमा अहिले सभामुख माधब नेपाल पक्षकालाई बनाउने चर्चामा छ ।

५१ जना सदस्य रहेको एमालेको प्रदेशसभा सदस्य मध्यबाट सभामुखमा इच्छा देखाउने कमै मात्र रहेका छन् । मुखै खोलेर सभामुख बन्ने तयारीमा खोटाङकी उषाकला राई, सुनसरीका प्रदीपकुमार भण्डारी, पाँचथरका गणेशकुमार काम्वाङ देखिएका छन् । आन्तरिक छलफलमा सभामुखको लागि संखुवासभाका तुलसी न्यौपाने र सुनसरीका जगदीश कुसियतको पनि नाम चर्चामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *