पाँचौ चरणको खोटाङ आईडलमा १० छानिए

खोटाङ, २७ माघ- “गला र संगितको पहिचान, नब प्रतिभाको खोजी हाम्रो अभियान” भन्ने मूल नाराको साथ बिगत दुई महिना देखि खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा भईरहेको खोटाङ आईडलमा उत्कृष्ट १० छानिएका छन् ।

खोटाङ जिल्लाको ११ स्थानबाट छनौट सुरु गरिएको खोटाङ आईडलमा उत्कृष्ठ १० मा दिपा राई सिम्पानी, केदार अनुरागी खर्मी, अमीता राई लफ्याङ्ग, राजन गिरि बुइपा, तेज राई सप्तेस्वर, सुजता परियार रतन्छा, सुमन राई बाक्सिला, सृजना राई खल्ले, रोहित चम्लिङ छोरोम्बु, उमेश राई खार्मि
छानिएका आयोजक संस्था परिवर्तन नेपलका संयोजक किवन के राईंले बताएका छन् । पाँचौ चरण पार गर्नका लागि १० गायक गायिकाहरुले ५५० जना प्रतियोगीहरु पछि पारेका हुन् ।

पपलोक लयमा आधारित प्रतियोगीहरुलाई गाउँन लगाईएको गीतमा चौथो संस्करणमा १७ जना प्रतियोगीहरु सहभागी रहेका थिए । गायीका पार्बती राई, संगितकार तथा गायक हेमबिक्रम राई र गायक भलकाजी राईको निर्णायक मण्डलले उत्कृष्ट १० छानेका हुन् । निर्णायकहरुको ७० प्रतिशत र दर्शकहरुको मत ३० प्रतिशतलाई आधार मानेर उक्त परिणाम सार्वजनिक गरिएको आयोजहरुले जनाएको छ । यो चरणमा छानिएका १० जना बिचमा छैटौ चरणको छनौट प्रतियोगिता आउदो फागुन महिनाको दोस्रो साता हुने आयोजकहरुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *