६० केजी सुन तस्करी प्रकरणः प्रतिवादीका तर्फबाट वकिलको बहस सकियो

१९ असोज, काठमाडौँ : भर्खरै ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा प्रतिवादीका तर्फबाट वकिलको बहस सकिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले रातोपाटीलाई जानकारी दिए ।

अब जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा जिल्ला न्यायधिवक्ता जनकप्रसाद घिमिरेसहित तीन सरकारी वकिलले बहसको जवाफ दिनेछन् । सरकारी वकिलको बहसपछि प्रतिवादीलाई धरौटीमा रिहा गर्ने वा पुर्व थुनामा राखेर कारागार पठाउने भन्ने विषयमा आदेश दिइनेछ ।

उक्त मुद्दामा हाल २६ जना प्रहरी हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *