प्रधानमन्त्री दाहालसँग स्विडेनका गैरआवासीय राजदूत भेट

१९ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत यान थेस्लेफले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *