१२ औं मिस नेवाः ११३७ को उपाधि इशु श्रेष्ठले जितिन

माघ २७ काठमाडौ,‘१२ औं मिस नेवाः ११३७’को उपाधि २७ प्रतिस्पर्धीलाई पछि पार्दै इशु श्रेष्ठले जितेकी छिन् । उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज समेत प्राप्त गरिन् ।

नेप्लिज फेशनले बुधबार साँझ सम्पन्न गरेका प्रतियोगितामा फस्ट रनरअपको उपाधि ओजस्वी श्रेष्ठले र सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले हासिल गरे ।

प्रतिस्पर्धामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट , बिनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल र सामाजिक सदभाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जितेका छन् ।

समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *