पूर्व मन्त्री शेरधन राई माथि गम्भीर आरोप लगाउने एमाले कार्यकर्ता युवासंघको केन्द्रीय समितिबाटै बर्खास्त

माघ २७ काठमाडौ,पूर्वसञ्चारमन्त्री शेरधन राई माथि युवा संघको केन्द्रिय सदस्यले एक गम्भीर आरोप लगाएकी थिइन् । दोलखाकी खड्का थरकी युवतीले राई माथि उक्त गम्भीर आरोप लगाएकी थिइन् । लामो समयपछि राईले दिएको बचन पूरा नभएको झोकमा युवतीले बबाल झिकेकी थिईन् ।

अहिले एमालेले इज्जत बचाउन उक्त महिलालाई युवासंघको केन्द्रीय समितिबाटै बर्खास्त गरिदिएको समाचार छ । एकातिर पूर्वमन्त्रीको हिंसा, त्यसमाथि युवा संघको, ती युवती दोहोरो अन्यायमा परेकी बताईएको छ ।

अहिले ती युवतीमाथि पूर्वमन्त्री राईलाई फसाउन खोजेको आरोप लागेको छ । मन्त्री भइसकेका व्यक्तिलाई एउटी पार्टी कार्यकर्ताले फसाउन सक्छन् ? कस्तो आश्चर्य ?

भोजपुरका एमाले सांसद कृपासुर शेर्पाको इसारामा दोलखाकी युवा संघ केन्द्रिय सदस्य युवती खड्काले राईलाई फसाउन खोजेको भनिएको यो मुद्दा एमाले अध्यक्ष केपी ओलीसम्म पुगेको छ ।

शेरधन राई राष्ट्रपति विद्या भण्डारीको भित्री सिफारिसमा ओली सरकार हुँदा सञ्चारमन्त्री भएका थिए । शेरधन राई अहिलेसम्म अविवाहित युवा पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *