हाङ चेम्जोङको निर्देशनमा म्युजिक भिडियो छायांकन सम्पन्न, नरेश र नविना अभिनयमा

सुमित्रा अश्रुधारा / काठमाडौं – भरखरै रोजि लाबुङ राईको ‘नयन’ एल्बम भित्रको ‘नयनभरी सजाइ राखुँ भन्थे’ बोलको म्युजिक भिडियो सुटिङ कोरियामा सम्पन्न भएको छ ।

मोरङमा जन्मिएका नरेश लोहोरुङ्ग राई स्थानिय श्री ज्योति मा.वि. बाट एस.एल.सी. उत्तीर्ण गरी धरानस्थित पुर्वाञ्चल ईन्जिनियरिङ कलेजबाट ओभरसियर सम्मको अध्ययन सकाएका छन् । राई आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो ईन्जिनियरिङ पढाई पूरा गर्न नसकेपछि करारमा रहेर तीन बर्षसम्म सरकारी जागिर समेत खाए ।

सानैदेखि गायनमा पनि रुचि रहेको साथै चित्रकला, लेखन, अभिनय र फुटबलमा पनि उत्तिकै रुचि आफ्नो रहेको राई बताउछन् । हाल रोजगारीको सिलसिलामा कोरियामा रहेका राई कोरियाको थेगु लगायतका शहरमा विदेशी नागरिकहरुमाझ हुने कोरियन गीत गायन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पटक पटक प्रथम द्वितीय भई पुरस्कृत समेत भैसकेको बताउछन् । मिलनसार राई साधारण जीवन जिउन मन पराउछन् ।

नरेशको मोडलिङ्ग भने यो पहिलो हो । उनी यहाँ डेब्यु गर्दै छन् । सकेसम्म आफुले आफ्नो भूमिका निभाएको र यस्तै अवसर पाए निरन्तरता दिईरहने बताउछन् । रोजि लाबुङ राईको सुन्दर शब्दलाई बसन्त सापकोटाले संगीत गर्नु भएको उक्त गीतमा कर्णप्रिय स्वरका धनी स्वरुपराज आचार्यले आवाज दिनु भएको छ भने नविना मगर, हाङ चेम्जोङ र स्वयम् राई आफैले अभिनय गरेका छन् । हाङ चेम्जोङकै निर्देशनमा बनेको यो गीतको भिडियो एडिट् र क्यामेरा बिपि याम्फु राईले गरेका छन् । ‘नयन’ एल्बम भित्र रहेको उक्त गीतको भिडियोलाई अन्लाईन रेडियो गोर्खालीको प्रस्तुतिमा निलम क्रियसनबाट चाडै बजारमा आउदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *