मुख्यमन्त्रीको कार्यालय आजबाट सन्चालन

हेटौंडा १९ माघ- प्रदेश ३ को मुख्यमन्त्रीको कार्यालय आजबाट सन्चालन भए संगै प्रदेश सरकारका प्रमुख सचिव रेश्मीराज पाण्डे आजैबाट मुख्यमन्त्रीको कार्यालयमा पदबहाल हुँदैछन् ।

हेडौंटास्थित मकवानपुर जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनलाई नै मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालय कायम गरिएको छ । संविधान अनुसार फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने छ ।

यसअघि पाण्डे हटौंडास्थित मध्यमान्चल क्षेत्रीय प्रशासक थिए । क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाको कार्यालय र आवास बनाइएपछि मुख्यमन्त्री र प्रमुख सचिवका लागि जिल्ला समन्वय समितिको भवन खाली गरिएको थियो ।

प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरु आउनुअघिनै मन्त्रालय संरचना खडा भइसक्ने पाण्डेले बताए । प्रदेश सरकारका ७ वटा मन्त्रालयको लागि पनि भवन व्यवस्था भइसकेकेा छ । श्रम कार्यालयको नयाँ भवनमा ३ वटा मन्त्रालय रहनेछन् भने घरेलु र स्वास्थ्य निर्देशानालय बाँकी मन्त्रालय रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *