साहित्य क्षेत्रमाका नयाँ विधा”तप्कना”को संयुक्त तप्कना सङ्ग्रह”उपहार” लोकार्पण

माघ १७ काठमाडौ, नेपाली साहित्यको क्षेत्रमा नयाँ विधा “तप्कना“को संयुक्त तप्कना सङ्ग्रह “उपहार”को लोकार्पण गरिएको छ । डायस्पोरा(मलेशिया)मा रहेका सर्जक तुलसी विन्दुले प्रबर्द्धन गरेको तप्कना विधाको उक्त पुस्तक, तप्कना साहित्य संसारको आयोजनामा एक कार्यक्रमको बिच लोकार्पण गरिएको हो । संयुक्त तप्कना सङ्ग्रहमा ६९ जना तप्कनाकारहरुको सृजना समेटिएका छन् ।

कवि तथा प्राज्ञ श्रवण मुकारुङद्वारा लोकार्पण गरिएको उक्त पुस्तक “उपहार” १२० पृष्ठको रहेको छ भने यो पुस्तकको सम्पादन स्वयं तुलसी विन्दुले गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी रहेका कवि तथा प्राज्ञ श्रवण मुकारुङले भने, “तप्कना विधालाई हल्का तरिकाले हेर्न मिल्दैन । तप्कना विधा हेर्दा छोटो र सरल देखिए पनि, सशक्त रहेको छ । तर यो विधाको प्रबर्तकले अझै यसको सतहमा पुर्‍याउनु पर्छ । यसको संरचनालाई विशेष ख्याल गरेर, तप्कना लेख्नेहरुको निम्ति कौतुहल जगाउनु पर्छ । जसले गर्दा सबैलाई तप्कना लेख्न अभिप्रेरित गरोस्” ।

तप्कना विधा र पुस्तकको बारेमा साहित्यकार डा.रेणु थापा (सोलु)र साहित्यकार डा.बिष्णु राईले टिप्पणी तथा परिचर्चा गरेका थिए। डाक्टर रेणु थापा(सोलु)ले विधाको बारेमा टिप्पणी गर्दै,तप्कना विधा सानो आकरमै बन्ने भएपनि धेरै कुरा अटाउन सक्ने भएकोले यो नेपाली साहित्यको क्षेत्रमा सशक्त र चोटिलो भएको तर्क गरिन् । यसैगरी डा. बिष्णु राईले पनि, यो विधा, सबैको चासो र कौतुहलताको विधा भएकोले र यसको संरचना पनि राम्रो बनेकोले आफ्नो मन खिचिएको बताए । तप्कना विधा विश्वस्तरिय साहित्य विधाको मान्यता पाओस् भनेर शुभकामना पनि दिए।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष २ मा भएको कार्यक्रममा गीतकार बसन्त बित्यासी थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने, स्वगत मन्तव्य चन्द्रा चाम्लिङ र कार्यक्रम संचालन ईन्द्र जिजीबिषाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *