अजर जंगमको ”मेरा रोदन” सार्वजनिक (भिडियो सहित)

माघ १७ काठमाडौ,वरिष्ठ संगीतकार दिपक जंगमको लयलाई पछ्याउदै, छोरा अजर जंगमले आफ्नो छुट्टै पहिचान बनाउदै गईरहेका छन् । थोरै तर स्तरीय गीतमार्फत आफ्नो परिचय वनाएका गायक अजर जंगमको नयाँ गीत “मेरो रोदन“को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

गीतकार लक्ष्मण राईको शब्द तथा वरिष्ठ सँगीतकार दीपक जंगमको संगीत रहेको गीतको म्युजिक भिडियोलाई विभोर पोख्रेलले निर्देशन गरेका छन् ।उक्त गीतको म्युजिक भिडियोमा गायक स्वयम् अजर जंगम र स्मृति दाहालको अभिनय रहेको छ ।

म्युजिक भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *