साउदी अरबका राजकुमार थुनामुक्त

एजेन्सी– गत नोभेम्बर महिनामा भ्रष्टाचारको आरोप लागेर पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको बताईएको छ ।

गएका केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहेका हुन् ।

उनलाई राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो । पछि उहाँमाथिको अभियोग प्रमाणित नभएको भनेर मुक्त गरिएको बताइएको छ ।

उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए । थुनामुक्त भएपछि पनि उनले भ्रष्टाचारविरोधी कारबाही सुरु गरेका युवराज मोहमद बिन सलमानको कदमको आफूले समर्थन गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *