पैसा खाएर देउवाले परिवार नियोजन संघ विघटन गरेको आरोप

काठमाडौं – नेपाल परिवार नियोजन संघकी केन्द्रिय अध्यक्ष अमुसिंह सिजापतिले जनमत गुमाईसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले पैसा खाएर नेपाल परिवार नियोजन संघको आफू नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरेको आरोप लगाईएकी छन् ।

शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सिजापतिले प्रधानमन्त्री देउवा र उनकी पत्नी डा. आरजु राणाले आर्थिक चलखेलमा विधान विपरित वर्तमान कार्यसमिति भंग गरेको आरोप लगाएकी हुन् ।

उनले भनिन्,‘अन्र्तराष्ट्रिय मान्यता विपरित र परिवार नियोजन संघको विधान विपरित साधरण सदस्य समेत नरहनेगरि कारबाही गरिएको व्यक्ति छत्रबहादुर गिरीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ, यसमा ठूलो आर्थिक चलखेल भएको छ।’

उनले आफूले प्रधानमन्त्री देउवा र उनकी पत्नीलाई नभेटेकोले आफूमाथि अन्याय गरिएको गुनासो पोखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *