सडक विभागले क्रशर मेशिन राख्दा राके मेलामा हिड्नै कठिन , फोटो फिचर

चिसाङ शेर्पा साउन -३ खोटाङ
प्रत्येक वर्ष दिनमा एकपटक लाग्ने स्थानीय राके मेला यसपटक शान्तमय तवरमा समापन भएकोे छ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा हरेक वर्षको साउन दुई गते महुरे भञ्ज्याङमा राके मेला लाग्ने गर्दछ । बर्षातमा लगाईने मुख्य खेतीवाली सकेर एकदिन फुर्सद निकाली आसपासका वासिन्दाहरु उक्त दिन राके मेलामा रमाउने गर्दछन् । मेलामा वालवालिका, बृद्धबृद्धा, युवायुवती लगायतको बाक्लो जमघट रहेको थियो । मेलालाई वर्षौपछिका साथीसङ्गीहरुवीच भेट्ने थलोको रुपमा पनि लिने गरिन्छ ।

मेला सम्बन्धी खाश पुराना किंम्वदन्ती नभए पनि खेतीपाती सकेर सुखदुख भुलाउने बहानामा बर्षदिनमा एकपटक राके मेला लाग्ने पौराणिक कथन रहेको स्थानीय दिपक कुमार राईले बताए । परापुर्वक कालदेखी मेला लाग्ने उक्त स्थानमा सडक बिभागले क्रसर मेशिन राखेकाले मेला लगाउन तथा भर्न ठाउँ नभएको मेला भर्न पुगेका रविन शेर्पाले बताए । सडक विभागले गिट्टी, ढुङ्गा जथाभावी थुपारेकाले हिड्नसम्म कठिन भएको उहाँले बताउनु भयो ।

महुरे प्राकृतिक सामुदायिक वन उपभोक्ता समुहलाई वार्षिक ४० हजार दिने शर्तमा विभागले ०७२ देखी मेला लाग्ने स्थानमा क्रशर मेशिन राखेको हो । मेशिनले प्राकृतिक तथा मानविय असर गर्ने तथा पुराना ऐतिहासिक थलो नै नरहने बुद्धिजीविहरुको भनाई छ । बर्षदिनमा एकपटक लाग्ने मेलामा अर्खौले, बुईपा, हलेसी, लामीडाडाँ, राजापानी, विजयखर्क, कुभिण्डे, खार्पा नुनथलाका स्थानीयहरुले बजार लगाउने गर्दछन् भने लफ्याङ, दोर्पा, दिक्तmेल, खार्मी, जाल्पा, वाक्सीला, बाजेच्यानडाँडाका वासिन्दहरु मेला भर्न आउने गर्दछन् । मेलामा लिची, आँप, कटहर, मकै, लत्ताकपडाको व्यापार हुने गर्दछ ।

रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ महुरे भञ्ज्याङमा लागेको राके मेलाका तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *