एमाले बाट १७ जना निस्काशित

बैतडी ३ साउन- नेकपा एमाले बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्य समेत नरहने गरी निष्काशनको कारबाही गरेको छ ।

सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९ औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कुँवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव, लीलाधर भट्टले जानकारी दिएका छन् ।

यस्तै, पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, पार्टी स्कूल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कारबाही गरिएको बताईएको छ ।

बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तर्घात गर्नेहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र सोभन्दा तलसम्म पनि पार्टीविरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षतामा बैठक बसाएर वडा स्तरबाट निर्णय गरी साउन १५ गते भित्र जिल्लामा पठाउने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *