संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्दै

१० भदौ, काठमाडौँ : संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेबाट राष्ट्रियसभा बैठक बोलाइएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ।

यस्तै विधायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *