शुक्रवारदेखि आचारसंहिता लागु

काठमाडौ १२ माघ – माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको आचारसंहिता शुक्रबारबाट लागू भएको छ । निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आजदेखि आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षकलाई आचारसंहिता लागू हुने छ । सरकारी र निजी क्षेत्रका सञ्चारमाध्यामलाई समेत आचारसंहिता लागू हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *