शुक्रबार देखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आज साँझ साढे ६ बजेबाट खुलेको छ

चितवन १७ असार –  शुक्रबार बिहान ८ बजे देखि पटक पटक  खसेको पहिरोको कारण नारायणगढ-मुग्लिन सडकखण्ड झण्डै ३४ घण्टापछि खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा पहिरो खसेर शुक्रबार बिहान देखि नै बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि आज साँझ साढे ६ बजेबाट बाटो खुलेको चितवन प्रहरीले जनाएको छ ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको थियो ।बाटो  अवरुद्ध भएपछि बिचबाटोमै अलपत्र परेका सवारी साधनहरु गन्तव्य तिर लागेका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्ड बिस्तारको काम भइरहेकाले पहिरोले पटक-पटक बाटो अवरुद्ध गर्दा त्यस रुट हुँदै यात्रा गर्ने यात्रुहरुले बर्खायाममा धेरै सास्ती पाउदै आएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *