त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट आजहुने फ्लाइट र हिजो के कति सवारी काठमाडौ बाट बाहिरीए/भित्रिए ? कती सवारी कारवाहीमा ?

इन्द्र जिजीबिषा-काठमाडौ १८ असार-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौचरण बाट आज हुने उडान तथा अवतरणमा अन्तराष्ट्रिय तर्फ ८७ फ्लाईट हुनेन छन् र आन्तरिक तर्फ १०१ फ्लाईट हुने जानकारी छ । यसैगरी माउटेन फ्लाइट तर्फ ८ वटा फ्लाईट हुने छन् ।

यसैगरी हिजो काठमाडौ उपत्यका नाक ढुंगा नाकाबाट २५८५ सवारीहरू भित्रिएका थिए भने २२६९ वटा सवारी बाहिरीएका थिए । यस्तै भक्तपुर बाट ६४०१ सवारीहरू भित्रिएका थिए भने ६६०० सवारीहरू बाहिरिएका थिए ।

यस्तै मुङ्खु नाका बाट २६८ सवारी भित्रिएका थिए भने २८९ सवारी बाहिरिएका थिए । यस्तै फर्पिङ्ग नाकाबाट ४७९ सवारीहरू भित्त्रिएका थिए भने र ५१२ वटा सवारीहरू बाहिरिएका थिए ।

यसैगरी हिजो ट्राफिक कारवाहीमा लेन अवज्ञा गर्ने २८ जना, बढि भाडा लोइने २ वटा सवारी, मापसे कारवाहीमा १०७ जना निषेधित क्षेत्रमा पार्किङ्ग गर्ने ५४ सवारी हर्न बजाउने ५४ जना र अन्य ९७४ सवारी कारवाहीमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *