विजय कुमार गच्छदार चुनावपछि मात्रै कांग्रेसमा आउने

काठमाडौं, २३ असोज । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार यही असोज २५ गतेभित्रै कांग्रेसमा प्रवेश गर्ने तयारीमा थिए । तर, यो बीचमा बृहत्त लोकतान्त्रिक मोर्चा गठनको प्रक्रिया अघि बढसँगै उनी चुनावपछिमात्रै कांग्रेसमा प्रवेश गर्ने योजनामा छन् ।

कांग्रेस प्रवेशमा ढिलाई हुनुको प्रमुख कारण चाहीँ उनी विशेष शक्ति हाँसिल गर्ने उद्देश्य अनुरुपको तयारीमा होमिनु नै रहेको बुझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग उनले पार्टी प्रवेश कार्यक्रमबारे पटक पटक छलफल गरिसकेका थिए । देउवा पनि उनलाई सम्मानजनक हैसियतमा नै पार्टीमा भित्र्याउन सहमत थिए । तर, देउवा निकटका नेताहरुले गच्छदारलाई अलि बढि नै भाउ दिईएको भन्दै रुष्ट बनेपछि देउवापनि केही झस्किएका हुन् ।

उनी उपसभापति बनेर कांग्रेसमा आउने योजनामा थिए । तर नेता विमलेन्द्र निधि चाहीँ उनलाई उपसभापति दिने पक्षमा देखिएनन् । कांग्रेससँग गठबन्धन गर्ने भएपछि, १० देखि १५ सिटको लागि तालमेल गर्ने र कम्तिमा १० सिटमा जित हाँसिल गरेर हैसियत देखाउन अहिले लागिपरिरहेका छन् । त्यसको लागि उनी वेट एण्ड सिको नीतिमा छन् ।

मधेसमा बलियो मानिने पुरानो शक्ति नेपाली कांग्रेसमा सुरक्षित भएर रहन गच्छदाले पहल थालेका छन् । यसका लागि नेपाली कांग्रेसका नेताहरुसँग उनले पछिल्लो केही सातायता त्यस्तो पहल थालेका हुन् । त्यसो त कांग्रेसमा छँदा शेरबहादुर देउवा निकट मानिने गच्छदार फेरि देउवासँग एउटै पार्टीमा बस्न तयार देखिनु नौलो विषय होइन् ।

गच्छदारलाई भित्र्याउने देउवाको तयारी देखेकै कारण पनि मधेसका नेता विमलेन्द्र निधि देउवासँग रुष्ट बनेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *