“ए मेरो हजुर २ ” को अपार सफलतापछि, निर्देशक तथा अभिनेत्री झरना थापा चलचित्र “भागवत गीता”को निर्माण तर्फ

काठमाडौ २३ असोज- निर्देशक तथा अभिनेत्री झरना थापाले चलचित्र “भागवत गीता” नामक नेपाली कथानक चलचित्रको निर्माण गर्ने भएकी छन् । झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ ले यसवर्ष भव्य व्यापार गरेपछि, पुनः अर्को चलचित्र “भागवत गीता” निर्माण गर्ने घोषणा गरेकी हुन् ।

पत्रकार ईन्द्र जिजीविषा संगको टेलिफोन सम्पर्कमा, निर्देशक तथा अभिनेत्री थापाले चलचित्र निर्माणको गर्ने बताएकी हुन् । लभ स्टोरी चलचित्र ‘ए मेरो हजुर २’ को सिक्वेल बनाउने बारेमा सोचिरहेका बेलामा उनले नयाँ चलचित्रको घोषणा गरेकी हुन् ।

झट्ट सुन्दा धार्मिक चलचित्र जस्तो बुझिने चलचित्र “भागवत गीता” प्रेम कथामा आधारित रहने र यो चलचित्र नयाँ बर्षको सुरुवात संगै छायांकन सुरु गरिने निर्देशक तथा अभिनेत्री झरना थापाले बताएकी छन् । भागवत नाम गरेका केटा र गीता नाम गरेकी केटीको रमाइलो प्रेम कथालाइ यो चलचित्रमा देखाईने छ । उक्त चलचित्रमा को-को कलाकारहरु रहने भन्ने अहिले नै तय नभएको पनि निर्देशक तथा अभिनेत्री झरना थापाले बताएकी छन् ।

सन् १९९६ मा नेपाली चलचित्र “दाईजो” बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी निर्देशक तथा अभिनेत्री झरनाले नेपाली चलचित्र क्षेत्रमा दुई दशक भन्दा लामो समयको अनुभव बटुलेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *