वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ : कमलथापा

काठमाडौं, २६ पुस – उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् । उपप्रधानमन्त्रीथापाले चुनाव सम्पन्न हुने वित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भिर भूल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताएका हुन् ।

उनले भने,‘अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधानजारी गर्दा पर्याप्त ध्यान दिईएन, खासगरी चुनाव सम्पन्न भएपछि नयाँ सरकार गठन हुनुपर्ने हो, तर ठूला दलहरुले सिर्जना गरेको जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई भयो, अबचाहीँ सरकार निर्माणको ट्रयाकमा हिँडेको छ, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसदले पूर्णता पाउँछ, संसदले पूर्णता पाएको एक हप्ताभित्रै नयाँ सरकार गठन हुन्छ।’

थापाले अगाडि भने, सरकार गठनमा भएको ढिलाईप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको जिकिर गरे । उनले भने,‘जनताले बाम गठबन्धनलाई नयाँ सरकार गठनको लागि म्याण्डेट दिएका छन्, जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ, एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठन गर्न असफल हुनुभयो भने जनताप्रतिको ठूलो धोका हुन्छ।’ वाम गठबन्धनले चुनावमा जानुपुर्व नै अबको सरकार स्थिर हुने भनेर आश्वासन बाँडेकोले जनताले सोहीअनुसार म्याण्डेट दिएको उनको भनाई थियो ।

जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको सरकार नबने मुलुकमा फेरि राजनीतिक अस्थिरता ल्याउने र मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन बाधा उत्पन्न हुने उल्लेख गर्दै थापाले भने,‘जनताको म्याण्डेट अनुसार नै वाम गठबन्धनको सरकार बनाउनुपर्छ, हामी यही चाहन्छौं।’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नको लागि गम्भिर र महत्वपूर्ण प्रयास गरेको मन्त्रीथापाले बताए । उनले भने,‘गम्भिर र महत्वपूर्ण विषय भएकोले उहाँले सबैको समर्थन लिन प्रयास गर्नुभएको हो, सकेसम्म सहमति कायम गर्न खोज्नुभएको हो, खासगरी वाम गठबन्धनको सहमति लिएर प्रदेश प्रमुख नियुक्त गर्न खोज्नुभएको हो, तर उहाँहरुले खोचें थापेर यो सरकारले नियुक्त गरेको प्रदेश प्रमुखबाट सपथग्रहण गर्दैनौं भन्नुभयो, त्यो पनि अब बन्ने सरकारको नेतृत्व गर्ने व्यक्तिले, यो सरकारले तोकेको राजधानी पनि मान्दैनौं भनेर सार्वजनिक धम्कीदिने कामभयो, हामी अहिले पनि सहमतिको प्रयासमा छौं, यदि सहमतिमा आउनु भएन भने त्यो उहाँहरुको जिम्मेवारी पूर्ण कार्य होईन, म यही मञ्चबाट भन्न चाहन्छु उहाँहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, प्रधानमन्त्री त अहिलेपनि सहमतिको पक्षमा हुनुहुन्छ, प्रयास जारी छ, सहमतिको संभावना टर्यो भने अनिहामी निर्णय गर्छौं।’

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने काम सरकारको हो भनेर एमाले अध्यक्ष ओलीले अभिव्यक्ति दिनु निहुँखोज्ने र अनुत्तरदायी कुरा मात्रै भएको उनको आरोप थियो ।

राप्रपाअध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले पार्टीले यो पटकको निर्वाचनमा कल्पना समेत नगरेको परिणाम व्यहोरेको सुनाए । उनले भने,‘हामी कल्पना नगरेको मतपरिणाम भोग्नुपर्यो, निराशजनक र अकल्पनीय छ, निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको बारेमा समिक्षा र अध्ययन हुँदैछ।’ त्यस्तै उनले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण नहोस् भनेर राप्रपालाई विभाजनगरिनु पनि अहिलेको निराशजनक अवस्थामा पुर्याएको र पार्टी हार्नुको मुलकारण भएको स्पष्ट पारे ।

यसका अलावा यो चुनावमा सशक्त वाम गठबन्धन हुनु र वामजस्तै लोकतान्त्रिक गठबन्धन निर्माण हुननसक्नु दुःखदायीभएको टिप्प्णी गर्दै भने,‘केवलचुनावी तालमेल मात्रै भयो, ईमानदारीता देखाउने कामभएन, त्यस्तै हामीले अर्को ठूलो कार्यनीति भुल गर्यौं, प्रतिनिधि सभा र प्रदेश सभामा न्यून उम्मेद्धवार उठायौं, १६५ प्रतिनिधि सभामा जम्मा ५ जनाउम्मेद्धवार र ३३० प्रदेश सभामा जम्मा १५ जना उठायौं, यो पनि अर्को ठूलो भुलभयौं।’

उनले आफूहरु विचलित नभएको समेत स्पष्ट पारे । उनले भने,‘हामी विचलित भएका छैनौं, अलग पहिचान र विचार बोकेर हिँडेका छौं, सनातनधर्म र राजसंस्था सहितको लोकतन्त्र मुल एजेण्डा बोकेको वैकल्पिक शक्ति हौं, हाम्रो औचित्य समाप्त भएको छैन,बलियो राष्ट्रवादी शक्तिबन्न सक्ने गुण र क्षमता राप्रपा सँग मात्रै छ।’ उनले आउने दिनमा राप्रपा अग्रणी शक्तिको रुपमा स्थापित् हुने पनि विश्वास दिलाए ।

अध्यक्ष थापाले आगामी दिनमा राप्रपालाई सदनमा नभएर सडकमा हेर्न चाहेको पनि सुनाए । उनले थपे,‘यो निर्वाचनमा राप्रपाको विउ सम्म जोगाउने काम भयो, तर जनताले हामीलाई सदनमा होईन, सडकमा हेर्न चाहेका छन्, त्यहीअनुसार हामी सडक केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्छौं।’ थापाले आगामी फागुणको अन्तिम साता केन्द्रिय परिषदको बैठक बोलाउने तयारी भैरहेको पनि जनाए ।

त्यस्तै उनले पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई पनि पार्टी एकतामा आउनको लागि आह्वान गरे । उनले थपे,‘म यही मञ्चबाट भन्न चाहन्छु, पशुपतिजी र लोहनीजीलाई भन्छु, जुन विन्दुबाट विभाजन गरेर जानुभयो, त्यही विन्दुमा आएर एकता गर्न आह्वान गर्दछु।’उनले अहिलेपनि राप्रपा राष्ट्रिय पार्टी नै भएको जिकिर गरे ।

अध्यक्ष थापाले भोलि पुस २७ गते राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउनको लागि सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । उनले भनेका छन्,‘०६३ सालदेखि यो पर्व अवरुद्ध थियो, अब निरन्तरता प्राप्त भएको छ, हाम्रो पार्टीले त निरन्तर मनाउँदै आएको छ, राप्रपाले सुरुवातदेखि नै सबै सरकारसँग एकता दिवसको दिन सार्वजनिक विदा माँगगर्दै आएको थियो, यो वर्ष मेरो नेतृत्वमा पहल भएको हो, सबैको सकारात्मक सोच हुँदाहुँदै पनि निर्णय भएको थिएन, तर यो वर्ष निर्णय भयो, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले निर्णय गर्नुभयो, यो उहाँको महत्वपूर्ण कार्य हो, नेपालमा मात्रै होईन विदेशमा स्थित् कुटनीतिक नियोगमा पनि छुट्टी दिएका छौं।’

उपप्रधानमन्त्री थापाले एकता दिवसको दिन विदा दिने निर्णय गरेका प्रधानमन्त्री देउवा धन्यवादको पात्र भएको बताए । उनले भने,‘प्रधानमन्त्री र मन्त्रिपरिषदलाई धेरै–धेरै धन्यवाद छ, त्यस्तै एकता दिवस र पृथ्वी जयन्ती मनाउनको लागि निरन्तर आवाज उठाईरहने सबै संघ, संस्था र व्यक्तिहरुमा पनि धन्यवाद छ।’ उनले अन्य राजनीतिक दलहरुलाई पनि धन्यवाद दिए । थापाले भने,‘अरु दललाई पनि धन्यवाद छ, जसले विरोध गर्नुभएन, यो विषयमा करिब करिब राष्ट्रिय सहमति नै भयो।’

उनले भोलिहुने कार्यक्रमलाई उत्साहका साथ मनाउन आह्वान गर्दै भने,‘प्रज्ञा प्रतिष्ठानको संयोजकत्वमा मनाउने दिवसमा सबैको सहभा गिताहोस्, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गरेको एकीकरण राजनैतिक व्यवस्थावा संस्थासँग सम्बन्धित विषय होईन, नेपाली नाम र पहिचान दिलाउने युग पुरुषको सम्मानहो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *