लोकतन्त्र जोगाउन बहुमत आवश्यक : सांसदद्धय कलवार र खनाल

नवलपरासी , २० असोज – नेपाली कांग्रेस क्षेत्र नं. ६ नवलपरासीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्ने वक्ताहरुले बिपीको सिद्धान्तलाई प्रभावकारी रुपमा आत्मसाथ गर्नुपर्ने जोड दिएका छन् ।

कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस नेता एवंम् सांसद देवकरण प्रसाद कलवार ( सन्तु )ले लोकतन्त्र रक्षाका लागि देशमा नेपाली कांग्रेसलाई अवको निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्ने बताए ।नेता कलवारले नेपालको संविधान लागू गराउन पनि अवको प्रदेश र संघको निर्वाचनमा बहुमतको साथ देशको पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिए ।

नवलपरासी क्षेत्र न. ६ बाट निर्वा्चित सांसद समेत रहेका सांसद कलवारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको मंसिरमा हुन लागेको निर्वाचनमा हरेक क्षेत्रबाट नेपाली कांग्रेसलाई विजयी गराउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

सो अवसरमा कार्यक्रमका बिशेष अतिथी नेपाली कांग्रेसका नेता एवंम् सांसद बिक्रम खनालले निर्वाचनलाई मध्य नजर गर्दै बाम पन्थीहरु एकहुदा पनि कांग्रेसलाई कुनै शक्तिले पराजित गर्न नसक्ने ठोकुवा गरे । बामपंथीहरु एकता कायम गरि लोकतन्त्र र प्रजातान्त्रिक शक्तिहरुलाई सखाप पार्न खोजेकाले त्यसको जवाफको रुपमा बाम पन्थीहरुलाई पराजित गर्नका लागि कांग्रेसले पनि लोकतान्त्रिक पार्टिहरु बिच एकता भईरहेको समेत नेता खनालले सो अवसरमा बताए ।

नेता खनालले विश्वबाट नै बामपंथीहरु सखाप भईरहदा नेपालमा पनि टिक्न नसकिने बताए ।निर्वाचनमा सबै कांग्रेका कार्यकर्ताहरुले एकजुटभई बामपंथीहरु परास्त पार्नु जिम्मेवारी सबै काधमा आएकोले सकृय रुपमा मतदाताहरु संग सहकार्य गर्नुपर्ने नेता खनालले बताए ।क्षेत्र नं ६ को सभापति

मुकुल कुमार आचार्य सभापतित्व तथा सांसद देवकरण प्रसाद कलवार सन्तुको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अवसरम बिमला उपाध्याय , पार्टीका जिल्ला सदस्य दलिराम चौधरी ,शम्भु लाल श्रेष्ठ , विश्व प्रेम पाठक,प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्मा ,बन्धु बरई ,नारायण भण्डारी , बिनो पाण्डे ,शुक बहादुर गुरुङ ,पत्रकार पुरुषोत्तम सुवेदी लगायतले बोलेका थिए ।

कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सांसद बिक्रम खनाल ,बिमला उपाध्या, पार्टी का जिल्ला सदस्य दलिराम चौधरी ,शम्भु लाल श्रेष्ठ ,बिश्व प्रेम पाठक,प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्मा ,बन्धु बरई ,नारायण भण्डारी , बिनो पाण्डे ,शुक बहादुर गुरुङ ,पत्रकार पुरुषोत्तम सुवेदी लगायत ले बोल्नु भएको थियो ।कार्यक्रम मा किभिन्न पार्टी परित्याग गरि करिब ५ सय जना नेपाली कांग्रेससमा प्रबेश गरेका थिए । सो कार्यक्रमको संन्चालन क्षेत्रिय सचिव राम प्रसाद जोशीले गर्नु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *